Logo

अन्तर्राष्ट्रिय

नेपालसँग रोटी–बेटीको सम्बन्ध, वार्ताबाटै समस्या हल गर्छाैः राजनाथ सिंह



भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध रहेको र त्यो सम्बन्धलाई कायमै राखिने बताएका छन् । पछिल्लो सीमा विवादलाई वार्ताबाटै हल गर्ने उनले बताएका छन् ।

‘नेपाल र भारतबीचको सम्बन्ध सामान्य सम्बन्ध होइन, रोटी–बेटीको सम्बन्ध हो,’ भाजपाको भर्चुअल कार्यक्रमलाई सम्बोध गर्दै सोमबार उनले भने,‘संसारको कुनै पनि शक्तिले यो सम्बन्ध तोड्न सक्दैन ।’

उनै सिंहले नेपालको भूमि हुँदै मानसरोवर जाने बाटोको गत महिना उद्घाटन गरेका थिए । त्यसयता विवाद बढेको हो । त्यसपछि नेपालले भारतले मिचेको भूमीलाई समेत समेटर नेपालले नक्सा सार्वजनिक गरेपछि विवाद बढेको हो ।

विवाद बढेको बेला राजनाथले वार्ताबाटै समस्या सुल्झाइने बताएका हुन् । तर, भारतले वार्ताका लागि पहल गरेको छैन ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।