Logo

राजनीति

नेपाल-भारत सम्बन्ध ‘धेरै खतरनाक विन्दुमा’ : पूर्वराजदूत राकेश सुद



नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सूदले नेपाल-भारत सम्बन्ध ‘धेरै धेरै खतरानाक बिन्दुमा’ पुगेको बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा भने, “नेपालले सीमा समस्या समाधानका लागि नोभेम्बरदेखि वार्ताका लागि दबाब दिँदै आएको भए पनि भारतले काठमाडौंसँग वार्ताका लागि समय निकाल्नुपर्थ्यो ।”

उनले थपे, “मलाई लाग्छ हामीले आफ्नो संवेदनशीलताको अभाव प्रस्तुत गर्‍यौं । र अहिले नेपालीहरुले आफूलाई निस्किन नै गाह्रो हुने गरी गहिरो खाडलमा पुर्‍याएका छन् ।”

नेपालको आन्तरिक राजनीतिक समस्या, बढ्दो आकांक्षालाई चीनको बलियो आर्थिक सहयोगबाट प्रभावित भएकोसमेत पूर्वराजदूत सूदले बताएका छन् ।

नेपालले शनिबार अर्थात् १३ जुनमा आफ्ना नयाँ नक्सालाई निशान छापमा राख्‍न संविधान संशोधन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसअघि उनले नेपाल-भारतबीचको सीमा समस्या समाधानका लागि वक्तव्यबाजी बन्द गर्ने, एकतर्फी गतिविधि रोक्‍ने र लेनदेनको भावनाअनुसार समस्या समाधानको मनसायसहित वार्तामा बस्‍नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।