Logo

प्रमुख समाचार

कृषि मन्त्रालय खारेज गर्न सांसद संग्रौलाको प्रस्ताव !



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले कृषि मन्त्रालय खारेज गर्न प्रस्ताव गरेकी छिन् ।

‘एकातर्फ नेपाली किसानले उत्पादन गरेको तरकारी कुहिएर जाने अर्कोतिर भारतबाट आयातीत बिषादीयुक्त तरकारी हामी खानुपर्ने बाध्यता छ । नेपालमा के कति फलफुल तरकारी उत्पादन हुन्छ ? कसरी वितरण प्रक्रिया सहज बनाउन सकिन्छ ? यति पनि कृषि मन्त्रालयले गर्न सक्दैन् भने किन चाहियो कृषि मन्त्रालय ?’ सांसद संग्रौलाको प्रश्न छ ।

‘विदेशबाट आएका बासी र बिषादीयुक्त तरकारी, फलफूल भन्दा स्वदेशमै फलेका ताजा तरकारी स्वादिला र मिठा हुँदैनन्, सरकार ?’ सांसद संग्रौलाको प्रश्न छ । यदी त्यसो होइन भने स्वदेश उत्पादनको वितरण प्रक्रिया सहज बनाउन नसक्ने कृषि मन्त्रालय खारेज गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘आफूलाई राष्ट्रवादी र सर्वहारा वर्गको नेतृत्व गर्ने भन्ने सरकारको ध्यान त्यता किन नपुगेको ? भारतीय तरकारी घर घरमा, नेपाली तरकारी कुहिएर रछ्यानमा कस्तो विडम्बना हो ? नेपाली किसानलाई हतोत्साहित हैन उत्साहित बनाउनुपर्ने हैन र सरकार ? उनले प्रश्न गरेकी छिन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १३:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।