Logo

प्रमुख समाचार

‘विवाहको सात वर्षपछि मात्रै विदेशी महिलालाई अंगीकृत नागरिकता दिन सकिन्छ’ – नेकपा



प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाह गरेको सात वर्ष पछाडि मात्रै अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको छ । शनिबारको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

‘सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानको बारेमा छलफल भयो । जसअनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सातवर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।’

तर सामाजिक सांस्कृतिक र आर्थिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्रको व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।