Logo

प्रमुख समाचार

एमसीसी पास गराउन अमेरिकी संयन्त्र सक्रिय, पैसाको चलखेल बढेको नेकपा नेताहरूकै दाबी !



अमेरिकी विकास सहयोग सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अन्तिम मिति नजिकिदैं गर्दा यसको पक्षमा माहोल सिर्जना गर्न अमेरिकी संयन्त्र सक्रिय हुन थालेको छ ।

एमसीसी संसदबाट पारित हुने वा नहुने कुराको निर्क्यौल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको निर्णयमा भर पर्ने स्पष्ट छ । अबको दश दिनमा एमसीसी पास वा फेलको निर्णय गर्नैपर्ने बाध्यता छ ।

सत्तारूढ नेकपा भित्र एमसीसीलाई लिएर पक्ष र विपक्षमा ध्रुवीकरण भएको छ । एमसीसी पारित हुने वा नहुने भन्नेमा नेकपाकै निर्णय अन्तिम हुनेछ । नेकपाभित्र एमसीसीको विपक्षमा बहुमत रहेको देखिएकोले नेकपाको समीकरण बदल्न अमेरिकी संयन्त्रहरू नै जोडतोडले लागेका हुन् ।

यसैगरी एमसीसी पास गर्न बाह्य शक्ति जसरी लागेका छन् । एमसीसी रोक्न समेत बाह्य शक्ति पनि उत्तिकै सक्रिय छ । अमेरिकी सहयोग भएकाले एमसीसी पारित गराउन नेपालस्थित अमेरिकाका विभिन्न संयन्त्रहरु सक्रिय भएका छन् । त्यसका लागि ठुलै रकमको चलखेल हुनथालेको बुझिएको छ । राजनीतिक दलका नेता देखि प्रोपोगान्डा मच्चाउन मिडियासम्म रकमको चलखेल भएको चर्चा चल्न थालेको छ । नेकपाका एक नेताले पैसाको खेल हुनथालेकाले केही नेताहरु यु टर्न हुनसक्ने बताए । यस्तो अवस्था विस्तारै देखिनसक्ने उनले बताए ।

एमसीसीमा ५५ अर्बको सहयोग रकम रहेको छ । तर, उक्त रकम आउनु अगावै पैसाको वर्षा हुनथालेपछि राजनीतिकवृत्तमा खैलाबैला मच्चिएको छ । यसको पक्ष या विपक्षमा महोल तयार गर्ने दुईतर्फ समुह सक्रिय भएर मोटो रकम खर्च गर्न थालेको छ ।

एमसीसीलाई नेकपाकै प्रभावशाली नेताहरुले सैन्य रणनीतिका रुपमा व्याख्या गरेका छन् । हिजो चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको भिडियो कन्फरेन्समार्फत् भएको गोष्ठीमा समेत योबारे कुरा उठेको थियो । नेकपा अध्यक्ष प्रचण्डले कुनैपनि देशको सैन्य रणनीतिलाई नेपालमा लागू गर्न नदिने बताए । उनको आशय एमसीसी रोक्नेतर्फ थियो ।

चीनले अमेरिकामाथि एशियामा प्रभुत्व जमाउन इन्डो प्यासिफिक रणनीति चालेको आरोप लगाउँदै आएको छ । एमसीसी इन्डो प्यासिफिक अन्र्तगत नभएपछि यसैसँग सम्बन्धित रहेको नेकपाका केही नेताहरुको तर्क छ । चीन कुनै हालतमा अमेरिकी भुमिकालाई विश्वभर कमजोर बनाउन लागिपरेको छ । दक्षिण एशियामा अमेरिकी रणनीतिक योजना रोक्न चीन सक्रिय हुँदै आएको छ । एमसीसी रोक्न पनि चीनले भित्री रुपमा भुमिका खेलिरहेको छ । यसका लागि उसले पनि साम, दाम, दण्ड, भेदको रणनीति प्रयोग गरिरहेको छ ।

एमसीसी सम्झौता संसदबाट पारित गर्न या रोक्न दुवै पक्ष सक्रिय भएका छन् । नेपालस्थित अमेरिकी र चिनियाँ संयन्त्रहरु केही दिनयता निकै सक्रिय भएका छन् । उनीहरु साम, दाम, दण्ड, भेदको रणनीतिका साथ बढेकाले कस्ले बाजी मार्ला भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।