Logo

प्रमुख समाचार

नागरिकता विधेयकबारे पार्टीको निर्णयप्रति यादवको असहमति



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले पार्टी सचिवालयले गरेको नागरिकता ऐन संशोधन विधेयकबारेको निर्णयमा आफ्नो असहमति रहेको स्पष्ट पारेका छन् । आइतबार एक विज्ञप्ती निकाल्दै उनले आफ्नो असहमति राखेका हुन् । गत शुक्रबारमात्रै पार्टीको सचिवालय बैठकले विदेशबाट विवाह गरि नेपाल आएकाहरुलाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिनेगरि ऐन संशोधन गर्ने निर्णय गरेको थियो । लगत्तै यादवले यस्तो विरोध गरेका हुन् ।

उनले आफ्नो विज्ञप्ती सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्-“नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ । उक्त ७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृति शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ । यस प्रकारका निर्णयले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने देखिन्छ ।”

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १९:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।