Logo

प्रमुख समाचार

गहिरियो सत्ता संकट: ओलीइतर समूहका मन्त्रीहरु सामूहिक राजीनामाको तयारीमा !



प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट गहिरिएको छ । प्रधानमन्त्री ओलीले पदबाट राजिनामा नदिए उनीइतर समूहका मन्त्रीहरु सामूहिक राजिनामाको तयारीमा छन् । उनीहरु अब बस्ने मन्त्रिपरिषद बैठकमा गोजीमा राजीनामा लिएर प्रस्तुत हुने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम निकटस्थ मन्त्रिहरुलाई राजीनामाका लागि तयार हुन भनिएको छ । उनीहरुले हाइकमान्डको निर्देशनलगत्तै राजीनामा तयार गरेका छन् । मन्त्रिपरिषद बैठकमा पुग्दा उनीहरु गोजीमा राजीनामापत्र लिएर पुग्नेछन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आगामी बैठकमा कडा कदम चाल्ने तयारी गरिसकेका छन् । उनले संकटकाल घोषणाको सिफारिशलगायत अन्य निर्णय गर्ने सम्मको तयारी गरेको बुझिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले लिने निर्णयमा असहमति जनाउने गरी ओली इतरका मन्त्रीहरु तयारी अवस्थामा छन् ।

यसअघि हिजो बसेको स्थायी कमिटि बैठकमा बामदेव गौतमले एमाले नामको पार्टी दर्ता बढाइएको देखि संकटकाल लगाउने सम्मको योजनाको खुलासा गरेका थिए । यसलाई दृष्टिगत गरी ओलीइतरका नेताहरुले मन्त्रीहरु, स्थायी कमिटि सदस्य देखि सांसदहरुलाई तयारी अवस्थामा रहन भनेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १०:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।