Logo

प्रमुख समाचार

नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारी, महासचिव मनिषकुमार उपाध्याय



नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठन भएको छ । उक्त पार्टी निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको छ । दर्ता गर्न लगाउने प्रधानमन्त्री केपी शर्मा ओली हुन् भनी हिजो स्थायी कमिटि बैठकमा बामदेव गौतमले बोलेपछि तरंग आएको छ । यसबारे निकै चासो बढिरहेको छ । पार्टी दर्ता गर्नेबारे पनि चासो बढेको छ ।

दल दर्ताको नियम अनुसार पार्टीको कार्यसमितिसहित आयोगमा पेश भएको हो । पार्टीको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी उल्लेख छ ।

अध्यक्षमा मोरङ जिल्ला विराटनगरकी ४७ वर्षीया सन्ध्या तिवारी छिन् । महासचिवमा मनिषकुमार उपाध्याय धनुषाका छन् । उपाध्यक्षमा रामेछापकी भगवती खड्का छिन् ।

प्रदेश अनुसार सचिव छन् । प्रदेश १ मा खोटाङ्गकी अस्मिता सुनार, प्रदेश २ मा सर्लाहीका दावा लामा, बागमती प्रदेशमा रौतहटका जयराम राउत, गण्डकीमा पर्वतका खगेन्द्र प्रसाद भुषाल, ५ नं प्रदेशमा अर्घाखाँचीकी राधा पुरी, कर्णाली प्रदेशमा डोल्पाका हिराबहादुर बोहरा र सुदुरपश्चिम प्रदेशमा बाजुराकी तारादेवी शाही छिन् ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  २ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।