Logo

प्रमुख समाचार

अन्ततः प्रधानमन्त्री पदबाट राजिनामा दिन ओली तयार, राखे यस्तो शर्त



सत्तारूढ नेकपा भित्रको मोर्चाबन्दीका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजिनामा दिन तयार भएका छन् ।

बालुवाटार निकट उच्च राजनैतिक स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्ड – नेपाल समूहलाई एक प्रस्ताव पठाउँदै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाउन प्रचण्ड – नेपाल समूह तयार भए आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार रहेको सन्देश आफूनिकट नेतामार्फत पठाएको जानकारी दिएको छ ।

यो सँगै नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टमा बुधबार साँझ बसेको ओली इतर समूहको गोप्य बैठकले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न नमाने जबर्जस्ती हटाउने आन्तरिक तयारी थालेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव पठाएका हुन् ।

उक्त प्रस्ताव अनुसार पार्टी अध्यक्ष पदमा ओली कायम रहने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहकार बनाउने ओलीको प्रस्ताव छ । ओलीको यो प्रस्तावलाई प्रचण्ड – नेपाल समूहले के जवाफ दियो भन्ने सार्वजनिक भैसकेको छैन् ।

बिहीबार बिहान ११ बस्ने स्थायी कमिटी बैठकमै प्रधानमन्त्री ओलीको तर्फबाट यो प्रस्ताव औपचारिक रूपमा नै स्थायी कमिटीको बैठकमा पेश हुने सम्भावना रहेको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ०७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।