सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्कदैं जाँदा शिर्ष नेताहरूले आन्तरिक छलफललाई तिव्र बनाएका छन् ।
बिहीबार बिहानदेखि नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षका नेताहरूसँग परामर्श गरिरहेका छन् । प्रचण्डले ओली पक्षका सबै स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका छन् ।
बिहीबार बिहानै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेताहरू प्रचण्ड निवास खुमलटार पुगिसकेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा प्रस्ताव गरेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि खुमलटार बोलाइएको तर, अहिलेसम्म नेम्वाङ भने खुमलटार नपुगेको स्रोतले जनाएको छ ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर परामर्श गरेका थिए भने प्रचण्ड – नेपाल समूहले झम्सिखेलको एक रेस्टुरेन्टमा गोप्य छलफलको आयोजना गरेको थियो । झम्सिखेल भेलामा ४४ स्थायी कमिटी सदस्य मध्ये ३० जना उपस्तिथित रहेको जनाइएको छ ।
















प्रतिक्रिया