प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले सत्तारूढ नेकपा भित्रको सत्तालिप्साको गुटगत चरम विकृतिले सिंगो मुलुकलाई बन्दक बनाएको बताएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी पनि आफ्नो सत्ता टिकाउने र आफ्ना विरोधीहरुलाई ठेगान लगाउन चलिरहेको संसद अधिवेशन अन्त्य गरेर जनताको आवाजलाई थुन्ने प्रयत्नले लोकतान्त्रिक मुल्यको उपहास गर्दै अधिनायकवादी बाटोमा समातेको प्रष्ट हुने उनको बुझाइ छ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने थुप्रै विधेयकहरु संसदमा अलपत्र रहेको साथै संकल्प प्रस्ताव एवं जनसरोकारका विषयलाई संसदमा छलफल गरि समास्याको समाधान गर्नुको साटो सत्तालिप्सालाई सर्वेसर्वा मान्ने नेकपा र त्यसको सरकारले लोकतान्त्रिक गणतन्त्रको विकास र जगेर्ना गर्ला र ? सांसद संग्रौलाको प्रश्न छ ।
संकटको बेला देश र जनतालाई उपेक्षा गरि गुटगत स्वार्थलाई केन्द्रमा राखी सार्वभौमसत्ता सम्पन्न संसदलाई हठात बन्द गर्नु हतास एवं पराजित मानसिकताको उपज भएको समेत सांसद संग्रौलाको ठहर छ ।
















प्रतिक्रिया