सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानको प्रयास स्वरुप प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।
पार्टी भित्रको पछिल्लो विवादले पार्टी एकतामा नै गम्भीर संकट पैदा हुन थालेको ठहर सहित अध्यक्षको तहमा नै छलफल हुन थालेको नेकपा निकट स्रोतको भनाइ छ ।
बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन ओलीलाई दबाब दिएपछि पार्टीभित्रको आन्तरिक संकट चुलिएको हो ।
















प्रतिक्रिया