पार्टीलाई विभाजनबाट रोक्नका लागि नेतृत्वलाई दबाब दिन सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरु पनि कस्सिएका छन् ।
यसअघि शुक्रबार बिहान पार्टीको दोस्रो तहका नेताहरु बसेर एकतालाई कायम राख्न नेतृत्वलाई दबाब दिने निर्णय गरेका बेला पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरु पनि भेला हुन थालेका हुन् ।
उनीहरुले कमी कमजोरी सच्याएर मिल्नुको विकल्प नभएको विषयमा नेतृत्वलाई दबाब दिने जनाएका छन् । रामकुमारी झाक्री, ठाकुर गैरे लगायतको अगुवाईमा नेकपाका केन्द्रीय सदस्यहरु भेला भइरहेका हुन् ।
प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएपछि पार्टी फुटको संघारमा छ । तर जुनकुनै हालतमा पनि पार्टी फुट्न नहुने पक्षमा उभिन नेतृत्वलाई दबाब दिन आफूहरु भेला भइरहेको झाक्रीले बताइन् ।
















प्रतिक्रिया