Logo

प्रमुख समाचार

नेकपा विवाद: ओली प्रचण्ड भेटवार्ता सकियो, दुबै पक्ष आ आफ्नो अडानमा



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचको भेटवार्ता सकिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले आ-आफ्नो पक्षका साक्षी सहित छलफल गरेका हुन् । बालुवाटारमा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन जनार्दन शर्मा सहभागी थिए । छलफलको वृस्तित विवरण सार्वजनिक भएको छैन् ।

प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका थिए भने ओलीले त्यसलाई अस्वीकार गर्दै छुट्टै पार्टी घोषणा गर्ने चेतावनी दिंदै आएका छन् ।

दुवै अध्यक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ ।

शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ–आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए । ओली र प्रचण्डबिच यसअघि पनि वार्ता भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।