सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचको छलफल सकिएको छ ।
आइतबार दोस्रो तहका नेताहरू समेत सहभागी भएकोमा सोमबारको बैठकमा भने ओली र प्रचण्डले एक्लाएक्लै छलफल गरेका थिए । करिब डेढघण्टा चलेको छलफलमा के के सहमति भयो त्यो भने अहिलेसम्म सार्वजनिक भएको छैन् ।
तर, आजको बैठकमा विषयवस्तु केन्द्रित छलफल भएको जनाइएको छ । दुबै अध्यक्ष बिचको तिक्तता केही कम भएको छ । आजको बैठक केही आशालाग्दो देखिएको नेकपाका एक नेताले बताए ।
दाहाल भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । बैठकबाट निस्कने क्रममा दाहाल अघिल्लो दिनको तुलनामा प्रफुल्ल देखिएको श्रोतले बताएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ ।
समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन । सोमबारको छलफलमा कस्तो प्रगति भयो भन्ने खुलेको छैन ।
ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।
















प्रतिक्रिया