Logo

प्रमुख समाचार

चिनियाँ राजदूतको सक्रियताले नेकपामा हंगामा, विदेशी हस्तक्षेप स्विकार्य नहुने प्रवक्ता श्रेष्ठको चेतावनी



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किदैं गएका बेला चिनियाँ राजदूतको प्रवेश पछि हंगामा नै मच्चिएको छ ।

आइतबार साँझ चिनियाँ राजदूत हाउ यान्छीले सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सत्तारूढ दलको विवादबारे चासो राखेपछि सत्तारूढ नेकपामा यसलाई लिएर नयाँ विवाद सुरु भएको छ ।

सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार एक ट्विट गर्दै विदेशी हस्तक्षेप स्विकार्य नहुने चेतावनी दिएका छन् । ‘देशको आन्तरिक राजनीतिक घटनामा हस्तक्षेप नगर्न’ श्रेष्ठले चेतावनी दिएपछि चिनियाँ राजदूतको सक्रियताले नेकपामा कुन तहको हंगामा मच्चिएको रहेछ भन्ने प्रष्ट हुन्छ । चिनियाँ पक्षले हाइपोथेटिकल रूपमै सहि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लविङ गरेको ओली इतर समूहको बुझाइ छ ।

पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवादमा विदेशी हस्तक्षेप बढेको भन्दै चीनको नाम उल्लेख नगरीकन प्रवक्ता श्रेष्ठले विदेशी शक्तिले तय गरेका षडयन्त्रको खण्डन गरेका छन् । नेकपाभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतले सक्रियता देखाउन थालेपछि नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

‘हाम्रो देशको आन्तरिक राजनैतिक गतिशीलता र घटना यस देश वा विदेशी शक्तिले तय गरेको हो भन्ने सबै षडयन्त्र सिद्धान्तहरूको हामी दृढताका साथ खण्डन गर्दछौं’, उनले भनेका छन्, ‘नेपाल, एक सार्वभौम देशको रूपमा आफैले निर्णय गर्न सक्षम छ। हामी हाम्रो कुरामा हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्तिलाई अस्वीकार गर्दछौं ।’

नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ राजदूत हो यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।