Logo

प्रमुख समाचार

नेकपा विवाद : ओली इतर समूहलाई सहमतिका लागि दबाब दिंदै चीन



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ राजदूत होउ यान्छीको दौडधुप तिव्र बनेको छ । प्रधानमन्त्री ओली इतर समूहलाई सहमतिको लागि चिनियाँ पक्षले दबाब दिइरहेको बताइन्छ ।

मंगलबार मात्रै चिनियाँ राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । भेटका लागि राजदूत यान्छी खनाल निवास डल्लुमा बिहान ९ बजे पुगेकी थिइन् ।

करिब ४५ मिनेट चलेको भेटवार्तामा राजदूत यान्छीले नेकपाको पछिल्लो सत्ता संघर्षको विषयमा र पार्टी भित्रको आन्तरिक विवादको विषयमा कुराकानी भएको बुझिएको छ ।

यसअघि राजदूत यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको निवास कोटेश्वर पुगेर भेटघाट गरेकी थिइन । उनले नेकपाको विवाद समाधानमा ओली इतर समूहका नेताहरूलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।