प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब दिइरहेका प्रचण्ड – नेपाल समूहका ६ जना सचिवालय सदस्यको आन्तरिक छलफल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा बसिरहेको छ ।
छलफलमा कार्यकारी अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी छन् । पार्टी भित्रको विवाद समाधान गर्न र प्रधानमन्त्री ओलीसँग हुने प्रचण्डको आजको ‘वान टु वान’ भेटवार्तामा राख्ने एजेन्डाको बारेमा छलफल गर्न नेताहरु जुटेकाे बताइएकाे छ ।
दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब दिदै आएका छन् भने ओलीले आफूलाई हटाएर देखाउन चूनौती दिदै कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् ।
नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जोगाउनको लागि अध्यक्षद्धयबीच सहमति कायम गर्नुको विकल्प नभएको भन्दै मिल्न दबाब दिईरहेका बेला दाहाल-नेपाल समूह भने ओलीलाई दुईमध्ये एक पदबाट हटाउनको लागि राजी हुन सक्ने अनुमान गरिएकाे छ ।
स्थायी कमिटीको बैठक २४ गते विहान ११ बजे बस्दैछ । आइतबार र सोमबार अध्यक्षद्धय ओली र दाहाबीच एक्लाएक्लै भेटवार्ता र छलफल भएका थिए । उक्त छलफलमा दुई अध्यक्षबीच सहमति भएको हल्ला बाहिर आएकाे थियाे । माधव नेपाल समूहलाई बाईपास गरेर दाहालले ओलीसँग सम्झौता गरेको र नेपाल समूह दाहालसँग असन्तुष्ट बनेको चर्चा चलेपछि नेता नेपालले भने दाहालले आफूहरुलाई धोका नदिएको स्पष्ट पारेका छन् ।
















प्रतिक्रिया