सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने भन्दै बिगत २ दिन देखि जारी अध्यक्षद्वयको छलफलले आज पनि निरन्तरता पाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु भएको हो ।
नेताहरुको सत्ता संघर्षका कारण नेकपा फूटको संघारमा पुगेको अवस्थामा दुवै अध्यक्षले छलफललाई तीब्रता दिएका हुन् । सोमबार बसेको ‘वान टु वान’ वार्ता विषयवस्तुमा केन्द्रीत भएता पनि निश्कर्षमा पुग्न सकेको थिएन।
नेकपा अध्यक्ष प्रचण्डले दोस्रो तहका नेतालाई बैठकमा सहभागी नगर्ने बताएपछि अहिले दुई जनाको मात्र छलफल हुने गरेको छ । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो ।
नेताहरुबीच सहमति हुन नसकेपछि सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
















प्रतिक्रिया