Logo

प्रमुख समाचार

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठले भने – अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारती मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल सरकार र प्रधानमन्त्रीको बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको उनको टिप्पणी छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै सरकार र प्रधानमन्त्रीको बारेमा भारतीय मिडियाले गरेको अनर्गल प्रचारले सीमा नाघेको भन्दै आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘हद भयो, बकवास बन्द गर ।’

उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको बताउँदै विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन नदिने बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।