Logo

प्रमुख समाचार

चिनियाँ राजदूत र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



नेकपा भित्रको विवाद मिलाउन सक्रिय देखिएकी चिनियाँ राजदूतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंँग आन्तरिक विवाद समाधानको लागि भन्दै पछिल्ला दिनमा लगातार भेटवार्ता भैराखेको तर कुनै समाधान ननिस्केको समयमा राजदूत होउ यान्छी र प्रचण्डको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

बिहीबार बिहान भएको भेटवार्तामा पार्टीभित्रको आन्तरिक विवाद समाधानबारे कुराकानी भएको खुमाटार निकट स्रोतले जानकारी दिएको छ । चिनियाँ राजदूतको सक्रियतालाई केही नेकपाका नेताहरूले भने विरोध गरिरहेका छन् । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिन अगाडि ‘कुनै पनि किसिमको विदेशी हस्तक्षेप अस्वीकार्य हुने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

राजदूत यान्छीले यसअघि नेता झलनथा खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छन् । उनले विशेषगरी नेकपाभित्रको विवाद र सरकार परिवर्तनबारे नेकपा नेताहरुसँग कुरा गर्दै आइरहेकी छन् ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले सरकारबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद साम्य पार्न नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।