Logo

राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जसपाको प्रदर्शन



जनता समाजबादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ। मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ला कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका छन्। प्रदर्शनकारीले खाली थाल ठटाएर सरकारको विरोधसमेत गरे।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ४ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।