प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अवहेलना मुद्दामा जवाफ दिन ओली आफै उपस्थिति हुन लागेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया