प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि भेटवार्ता हुने भएको छ ।
पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि केही समयदेखि ओली प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुँदै आइरहेको छ । आज पनि पुरानै विषयमा छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
वार्ता ११ बजेपछि सुरु हुँदैछ । अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा लिएका थिए । तर प्रधानमन्त्री ओलीले भने आफूले कुनै पनि पद नछाड्ने अडान लिँदै आएका छन् ।
















प्रतिक्रिया