गृहमन्त्री रामबहादुर थापा बादलले देशलाई भित्र र बाहिरको शक्तिले अस्थिरता र प्रतिगमनतिर धकेल्न प्रयास गरेको दाबी गरेका छन्।
विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय स्वाधीनताको निम्ति हजारौँ जनता समृद्ध नेपाल सुखी नेपाली स्थापित गर्नका लागि ओली नेतृत्वमा अगाडि बढिरहेको छ।’
देशलाई अस्थिरतातिर धकेल्नेका लागि आफ्नै पङ्तिबाट सुरु गरेको बताए। प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले भने, ‘देशलाई अस्थिरतातिर धकेल्न सकिन्छ भनेर सपना देखिएका छन्। उनीहरू त्यसमा खुसी भएर लागेका छन्।’
अहिलेको परिस्थिति निम्तिएपछि फुटवादीहरूप्रति आक्रोशित भएको तर्क गरे। ‘पार्टीको सुदृढीकरणका लागि पार्टी नेतृत्वमा अभियान पनि सुरु गरेका छौँ। देशमा उत्पन्न समस्या समाधान गरेर स्थायित्व निर्माण गर्ने अभियानमा छौँ’ उनले भने, ‘लोकतान्त्रिक विधिबाट देशमा उत्पन्न विवादलाई समाधानको बाटोमा लागिरहेका छौँ।’
जनताको बीचबाट नै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिने बताए। ‘यही क्रममा केही व्यक्तिहरू मूलघरमा फर्किदैछन्। फुटवादीहरूले सरकारमा रहेका केही मन्त्रीहरू आफ्नो पक्षमा आउँदैछन् भनेर भ्रम फैलाए’ उनले भने, ‘त्यो आफ्नो भयको अभिव्यक्ति हो।’
उनीहरूले जनताको ताजा जनादेश लिने कुरालाई असंवैधानिक र प्रतिगामी कमदमा संज्ञा दिइरहेका बताए। उनले प्रधानमन्त्री ओलीको कदमलाई अग्रगामी कदम भएको दाबी गरे।
उनले प्रचण्ड–माधव पक्षको कदम कुनै पनि हालतमा पुरा नहुने दाबी गरे। ‘सरकारले द्रुतगतिमा समाजवादको बाटोमा गइराखेको थियो। तर, यी अवसरवादीहरूले सरकारको कामलाई रोके’ उनले भने, ‘संघीयता र जनताको मतलाई कार्यान्वयन गरेको छौँ।’
सुशासनको क्षेत्रमा पनि अहिलेसम्मको धेरै काम गरेको बताए। उनले गुण्डागर्दीको समेत अन्त्य भएको बताए। सरकारले गरेको संसद् विघटन संवैधानिक भएको पनि दाबी गरे।
प्रतिक्रिया