Logo

राजनीति

सरकारसंग वार्ता गर्न ‘विप्लव’ तयार



नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताको लागि सकारात्मक भएको जनाएको छ ।

शनिबार विप्लपद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि सरकारसँग वार्ताको लागि सकारात्मक भएको उल्लेख गरिएको छ ।

पछिल्लो समय विप्लवलाई राष्ट्रिय राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सक्रियता देखाउनुभएको थियो । पूर्व माओवादी नेता एवं खानेपानी मन्त्री मणिचन्द्र गौतमले केही दिन अघि जेलमै पुगेर विप्लव समूहका नेतासँग भेट गर्नुभएको थियो ।

Biplop-Sabha.jpg

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।