Logo

राजनीति

वरिष्ठ नेता पौडेलले गरे विशेष महाधिवेशनको माग



प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनको माग गरेका छन् । वरिष्ठ नेता पौडेलले पार्टीलाई संकटबाट बचाउनको लागि विशेष महाधिवेशनको माग गरेका हुन् ।

आशन्न १४ औं महाधिवेशन तोकिएको मिति सार्ने संस्थापन पक्षको प्रस्ताव आइरहँदा इतरपक्षका नेता पौडेलले विशेष महाधिवेशन हुनु पर्नेमा जोड दिएका छन् ।

साउन १० मा सकिनुपर्ने संगठन समायोजन आठ जिल्लामा अझै बाँकी छ। साथै, भदौ मसान्तसम्म सकिसक्नुपर्ने क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य अधिकांश जिल्लामा हुन सकेको छैन। तर पार्टीका र भातृसंगठन र विभागमा सभापति देउवाले एकलौटी मनोनयन गरेको असन्तुष्टि सहित उनले देउवा निकटले नै महाधिवेशन सार्न खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १२ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।