शनिबार विराटनगरमा अदालतसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् ।
शनिबार राति सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ भनेर प्रश्न गरेका छन् ।
उनले सञ्जालमा लेखेका छन्, “देशको प्रमले नै’कुनै सेटिंग-फेटिंग भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता ब्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ? यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो ? अदालतमाथिको दबाब पुष्टी भएन र ?”
प्रतिक्रिया