Logo

राजनीति

प्रदेश २: प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने



प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ ।

दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए । यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ४ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।