Logo

राजनीति

प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण



प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले पदभार ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख झाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुखा झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’

उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ६ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।