Logo

राजनीति

प्रधानमन्त्री महेन्द्रनगर जाँदै, सुरक्षा व्यवस्था कडा



आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर जाँदैछन् ।

कञ्चनपुर स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपा ओली समुहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओली आज राजधानीबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने र त्यसपछि सेनाको हेलिकप्टर मार्फत् कार्यक्रमस्थलमा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।