Logo

राजनीति

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने



चौतर्थी दवाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने भएका छन् । आफ्ना समूहका नेताहरुसँगको छलफलपछि ओली राजीनामा दिन तयार रहेको बालुवाटार श्रोतको दवी छ ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त समूहको स्थायी समिति बैठकपछि समूहका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । 

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीले बताए । ओली पक्षले भोली पनि स्थायी समिति बैठक बोलाएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार  ४ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।