काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शेखर गोल्छा पक्राउ प्रकरणले राज्यका संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जनाएको छ। नाइमाका बोर्ड सदस्यसमेत रहेका गोल्छा पक्राउ परेपछि एसोसिएसनले आइतबार एक वक्तव्य जारी गर्दै यस्ता प्रकृतिका मुद्दामा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई पर्याप्त स्पष्टीकरण दिने अवसर सुनिश्चित गरिनुपर्ने बताएको हो। प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र…