Logo

उद्योग

इनर्जी ड्रिंक : श्रमिकदेखि खेलाडीसम्म बन्दैछ प्रिय



काठमाडौं । अर्जेटिनाका चर्चित स्टाइकर मेसीका फ्यान समेत रहेका रियान श्रेष्ठ १८ वर्षका भए । उनी भविष्यमा राम्रो खेलाडी बन्न चाहन्छन् । बिहानदेखि बेलुकीसम्म फुटबलको पछाडी दगुरिरहने उनका लागि आज भोलि एक्स्टिम इनर्जी ड्रिंक अति प्रिय बनेको छ । उनी भन्छन्– ‘दिनको ३-४ घण्टा ट्रेनिङदेखि गेममा नै ब्यस्त भइन्छ, म इनर्जी ड्रिंक नियमित लिने गरेको छु, एक्स्टिम पिउँदा आनन्द मात्र हैन, शरीरमा उर्जा समेत भर्ने गर्दछ ।’

काठमाडौंको कोटेश्वर बस्ने श्याम बुढाथोकी श्रमिक पेशामा आवद्ध छन् । उनका लागि पनि एक्स्टिम इनर्जी ड्रिंक सारथी झैं बनेको छ । ‘कहिले कहीँ ठूलो भारी पनि उचाल्नु पर्छ, नियमित काम गर्दा ज्यान गलि जाने भयो, मैले एक्स्टिम नियमित पिउँदा मलाई यसले साँच्चै नै साथ र शक्ति थपिदिएको छ, उनी भन्छन् । यसअघि पनि अन्य इनर्जी ड्रिंक पिउने गरेका श्याम एक्स्टिमको स्वाद नै निक्कै नै स्वादिलो र आनन्दित रहेको बताउँछन् । रियान र श्यामका लागि मात्र हैन एक्स्टिम इनर्जी ड्रिंक अहिले धेरैका लागि प्रिय बन्दै आएको छ ।

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादन हुँदै आएको ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ नेपालमै उत्पादन हुने ब्रान्डका रूपमा बजारमा स्थापित कम्पनी हो । कम्पनीले २० हजार भन्दा धेरै जनालाई रोजगारीमा जोडेर समेत राष्ट्रको लागि योगदान गर्दै आएको छ । इनर्जी ड्रिंकबारे विभिन्न भ्रमहरू पनि रहने गरेका छन् । धेरैले ऊर्जा पेयमा कफीभन्दा धेरै क्याफिन हुन्छ भन्ने विश्वास गर्छन् । तर ऊर्जा पेयमा क्याफिनको मात्रा सीमित हुने र कतिपय अवस्थामा कफीको तुलनामा कम हुने विज्ञहरू बताउँछन् ।

त्यस्तै, टाउरिन शरीरका लागि हानिकारक हुन्छ भन्ने धारणा पनि व्यापक छ । तर त्यो कुरा गलत छ किनभने टाउरिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एमिनो एसिड हो, जसले स्नायु प्रणाली र मस्तिष्कको कार्यक्षमतामा सहयोग पुर्‍याउने काम गर्छ । ऊर्जा पेयमा समावेश हुने भिटामिन द्यघ, द्यट र द्यज्ञद्द लाई पनि कतिपयले अनावश्यक ठान्ने गरेका छन् । तर यी भिटामिनहरूले शरीरको ऊर्जा उत्पादन प्रक्रियालाई सहयोग गर्नुका साथै स्नायु प्रणालीको कार्यसम्पादनमा मद्दत गर्ने विज्ञहरू बताउँछन् ।

त्यस्तै, चिनी नै सबै समस्याको कारण हो भन्ने धारणा पनि पूर्ण रूपमा सही नभएको बताइन्छ । ग्लुकोज मस्तिष्कका लागि महत्वपूर्ण ऊर्जा स्रोत भएकाले थकान वा शारीरिक श्रमपछिको अवस्थामा शरीरलाई छिटो ऊर्जा दिन सहयोग पुर्याउने काम गर्दछ । बिरामी, बालबालिका तथा गर्भवती महिलाले भने इनर्जी डिंक्स प्रयोग नगर्न पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार १४:२३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।