काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडका संस्थागत लगानीकर्ताहरुले आगामी असोज ५ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएका छन् । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको २४ लाख कित्ता सेयरको लक–ईन अवधि असोज ५ गते समाप्त हुने जनाएको हो । पहिलो पटक बुक विल्डिङ्ग प्रणालीमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गरेको…