Logo

अर्थ

उद्योगपति अग्रवालको निधन



काठमाडौं । वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग–व्यवसायमा संलग्न थिए ।

सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय अग्रवालको अगुवाइमा आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवाल दुई पटक संविधानसभा सदस्य थिए ।

गौशाला लगायत अन्य मठमन्दिर निर्माणमा योगदान गरेका अग्रवालका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

अग्रवालको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १४:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।