आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । सम्झौताअनुसार मर्जर पश्चात् आइजीआई प्रुडेन्सियल…