काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ । चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका…