काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक ५०० रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।…