काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका र बर्दिया जिल्लाको मधुवन नगरपालिकामा थप दुई शाखाहरुको उद्घाटन गरेको हो । बैंकको चन्द्रौटा शाखाको उद्घाटन सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन केसीले संयुक्त रुपमा गरेका थिए । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष…