काठमाडौं। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो। आवेदकले अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको तथा परियोजना विकास, सार्वजनिक–निजी साझेदारी, लगानी…