अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको बोझिलो प्रशासनिक संरचनामा व्यापक कटौती गर्दै मन्त्रालयको संख्या १८ मा झार्ने घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले खर्च कटौती र प्रशासनिक चुस्तताका लागि हाल कायम रहेका २२ वटा मन्त्रालयलाई घटाएर १८ कायम गरिएको जानकारी दिए। सरकारले सार्वजनिक खर्च घटाउन र संगठनलाई छरितो बनाउन विभिन्न…