काठमाडौं । भक्तपुरस्थित हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई जारी गरिनेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। उक्त नियुक्ति र समझदारीको लागि हिलोरा हिल्स रिसोर्टका सञ्चालक ई. दिपविक्रम…