हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मंसिर २८, २०८२ मा सम्पन्न भएको छ। कम्पनीको उक्त सभा काठमाडौँ महानगरपालिका वडा नं. २८, कमलादीस्थित हिमालयन क्यापिटलको केन्द्रीय कार्यालय (आइ.टी. प्लाजा) मा सम्पन्न भएको हो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद…