नेपालमा फिनटेक उद्योगको सुदृढीकरण र एकीकरणका लागि क्रियाशील गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपाल (FAN) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वको घोषणा ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभामा गरिएको हो। साधारण सभाबाट चयन गरिएको सात सदस्यीय कार्यसमितिको अध्यक्षमा आईएमई खल्ती लिमिटेडका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल निर्वाचित भएका…