काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी दिएको छ । उक्त कार्य स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयमा प्रारम्भ भइसकेको छ भने अन्य सामुदायिक…