धनगढी- गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको किड्स जोन स्कुलले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको छ। विद्यार्थीहरूलाई कितावी ज्ञानका अतिरिक्त विद्यालयले प्रयोगात्मक ज्ञान प्रदान गरिरहेको हो। पुरानो संस्कृति नेपालको पहिचान भएको र त्यसलाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई परम्परागत बस्तुहरू बनाउन सिकाइएको विद्यालयका प्रिन्सिपल मदन जोशीले बताए। 'गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। त्यसमा हामीले विशेष…