‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ । सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन । तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने गरी उपत्यकामा रहेका सरकारी अस्पताललाई स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुन पत्र पठाउन लगाए । मन्त्रालयको…