स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा आज छलफल गरेका छन् । छलफलमा नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवाल, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र प्रवक्ता प्रा डा जागेश्वर गौतम सहभागी थिए ।…