काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययनरत दुई समूहका विद्यार्थीबीच झडप भएको छ । सोमबार बिहान नेपाल विद्यार्थी संघ र अनेरास्ववियु समर्थित विद्यार्थीबीच ढुंगा, इँट्टा हानाहान भएको हो । झडपपछि प्रहरी परिचालन गरिएको थियो । नेविसंघले अनेरास्ववियु समर्थक विद्यार्थीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको जनाएको छ । तर, अनेरास्ववियुले भने झगडा सांगठनिक नभई व्यक्तिगत भएको…